हिमाल दैनिक
पछिल्लो राजीनितिक अवस्थाबारे अन्तरिक छलफल तथा रणनीति तय गर्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आज पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार देउवाले आज अपराह्न तीन बजे आफ्नै निवासमा पदाधिकारीहरुलाई छलफलका लागि बोलेका हुन्। सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपि शर्मा ओलीले बिश्वासको मत गुमेपछि प्रधानमन्त्रीबाट पदमुक्त भएसंगै प्रमुख तीन दल कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवले संयुक्त सरकार गठनको गृहकार्य अघि बढाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधिसभा सदस्यलाई बिहिबार साँझ ९ बजेभित्र प्रधानमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेकी छिन्। जस अनुसार प्रमुख तीन दलहरु संयुक्त सरकार गठनका लागि अन्तरिक छलफलमा जुटेका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update