हिमाल दैनिक
अक्सिजन प्लान्ट २४ घण्टा उत्पादन गर्ने व्यवस्था मिलाउदै 
prime-minister-office
कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमितको उपचारका लागि आवश्यक अक्सिजन अभाव हुन नदिन बिभिन्न अक्सिजन प्लान्टबाट २४ घण्टानै उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको छ । मंगलबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सीसीएमसीले काठमाडौं उपत्यका र काभ्रेपलान्चोकमा ९ वटा अक्सिजन प्लान्ट रहेको भन्दै प्लान्टबाट २४ घण्टानै उत्पादन गर्ने व्यवस्था मिलाइएको जनाएको हो । यसका लागि सहज रुपमा बिद्युत आपूर्तिका लागि बिधुत प्राधिकरणलाई भनिएको सीसीएमसी जानकारी दिएको छ । नेपालका केहि अस्पतालबाहेक अधिकांश सरकारी र निजी अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट नभएको अवस्थामा निजी अक्सिजन प्लान्टमा निर्भर हुनुपर्ने अवस्था रहेको सिसिएमसीका सचिव खगराज बरालले जानकारी दिए । हाल ९ वटा अक्सिजन प्लान्टको उत्पादन क्षमता ७२ सय सिलिण्डर रहेको र हाल करिव १५ हजार माग रहेकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको टड्कारो अभाव देखिएको उनले बताए । उनले सहज रुपमा अक्सिजन बितरणका लागि मेडिकल अक्सिजन वितरण कार्यविधि २०८७ कार्यान्वयनमा ल्याइएको पनि जानकारी दिए । सचिव बरालले अक्सिजनको आपूर्ति, ढुवानी , प्रयोग र उपयोगमा सवैको सहयोगको अपेक्षा गरेको बताए । त्यस्तै नेपालमा सिलिण्डर अभाव हुन नदिन अन्य देशबाट सिलिण्डर मगाइएको सचिव बरालले बताए
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update