हिमाल दैनिक
नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउनका लागि आवश्यक समर्थन जुटाउन अन्य दलसंगको छलफलाई तीव्रता दिने निर्णय गरेको छ । काँग्रेस सभापति देउवा निवास बूढानीलकण्ठमा मंगलबार बसेको पदाधिकारी बैठकले राष्ट्रपतिले दिएको समयसीमा भित्र देउवाको नेतृत्वमा सरकार बनाउनका लागि अन्य दलसंगको छलफललाई तीव्रता दिने निर्णय गरेको हो । कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन बहुमत पुग्ने विश्वास पनि लिएको छ । नयाँ सरकार गठनका लागि जसपा र माधव नेपाल पक्षको समेत समर्थन जुटाउने कोसिस गर्ने निर्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए । महतले माओवादी केन्द्र काँग्रेसलाई सघाउने बारे स्पष्ट रहेको र अन्तिम समयसम्ममा जसपा पनि एकजुट हुने विश्वास व्यक्त गरे । यस्तै एमालेकै माधव कुमार नेपाल समूहले तोकिएको समयभित्र एउटा निकास दिने भएकाले पार्टीको नेतत्वमा सरकार बन्ने पर्याप्त आधार रहेको उनले बताए । पदाधिकारी बैठकमा देउवाले सरकार निर्माणका लागि माओवादी अध्यक्ष प्रचण्ड, माधव नेपाल र उपेन्द्र यादव लगायतका विभिन्न पक्षसँग भएका छलफलबारे जानकारी गराएका थिए ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update