हिमाल दैनिक
नेपालमा पछिल्लो समय कोरोनाबाट मृत्यु हुनेको दर दिन प्रति दिन बढ्दै गएको छ । मंगलबार कोरोनाका कारण २२५ जनाले ज्यान गुमाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा चार हजार ८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । देशभर गरिएको २० हजार ५९६ पिसिआर र ७२० एन्टीजेन परिक्षणका क्रममा थप ९ हजार चार सय ८३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या चार लाख १३ हजार १ सय ११ पुगेको छ । त्यस्तै थप पाँच हजार दुई सय २५ जना संक्रमणमुक्त हुँदा हालसम्म नेपालमा तीन लाख १२ हजार १९ जना संक्रमणमुक्त भएका छन् । हाल ९७ हजार ८ सक्रिय संक्रमित आइशोलेशनमा र ४४८ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालस्म्म २६ लाख ७२ हजार ७ सय २६ वटा पिसिआर परिक्षण गरिएको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update