नेपालमा थप नौ हजार ३०५ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २० हजार ३६२ जनाको पीसीआर परीक्षण गरिएकोमा नौ हजार २३८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ४२४ जनाको एन्टीजेन परीक्षण गरिएकोमा ६७ जनामा पोजेटिभ पाइएको बताए ।
यो संगै नेपालमा कोरोनाभाइरसका कुल सङ्क्रमितको संख्या चार लाख २२ हजार ३४९ पुगेको छ । त्यस्तै थप १६८ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ४ हजार २२५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
त्यस्तै देशभर थप चार हजार ४४४ जना व्यक्ति निको भएको प्रवक्ता गौतमले जानकारी दिए । हाल एक लाख एक हजार ६३४ संक्रिय संक्रमित आइशोलेशन र ५१७ जना क्वारेन्टाइनमा छन् । मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार हाल एक हजार २४१ सङ्क्रमित हाल सघन उपचार कक्ष(आईसीयू)मा रहेका छन् । जसमध्ये २८५ जनालाई भेन्टिलेटरमा राखिएको उनले बताए ।
प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्