हिमाल दैनिक
सत्ताका साँचो बोकेर बसेका भनिएका जनता समाजवादी पार्टीका नेताद्वय महन्त ठाकुर र राजेन्द्र महतो नेपाली कांग्रेसका सभापति शेर्बहद्य्र देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका छन् । बुढानिलकण्ठ स्रोतका अनुसार महन्त र राजेन्द्र ११ बजे सभापति देउवालाई भेट्न बुढानिलकण्ठ पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मागेको बिश्वासको मतको बिपक्षमा संसदले मत दिएपछि नयाँ सरकार गठनको बिषयमा देखिएको अन्योलताका बीचमा जसपाका दुई नेताहरु देउवा निवास पुगेका हुन् । जसपा भित्रको एउटा खेमाले ओलीको बिरोध गर्दै बिपक्षि गठबन्धनमा जान दबाब दिईरहेको बेला त्यसलाई लत्याउदै बैकल्पिक सरकारको खोजिमा नलाग्ने भन्दै ओलीलाई साथ दिने जमर्को गर्दै आइराखेका छन् । यसले गर्दा जसपा भित्र विभाजनको दरार पैदा भएको छ भने ओलीको बिकल्प खोज्ने अभियानमा रहेका प्रमुख राजीनितिक दल र स्वयम एमाले भित्रको उत्कर्ष चाहनालाई पनि धरापमा परेका छन् । बैशाख २७ गते ओलीले विश्वासको मत लिने क्रममा महन्त -राजेन्द्र समुह तथष्ट बसेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update