हिमाल दैनिक
नेकपा एमालेले आफ्नै सरकार ढालेर बिपक्षि सरकार गठन गर्ने क्रियाकलापमा संलग्न नहुन अनुरोध गरेको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकले आफ्नै सरकार ढालेर बिपक्षीहरुको सरकार बनाउने र त्यसका निम्ती मुख्य कारक बन्न बाटोमा नहिड्न आह्वान गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् । बैठकले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूको मागको सम्बोधनलगायत कुरा र अन्य बिषयमा आवश्यक निर्णय गर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अधिकार दिने निर्णय गरेको उनले बताए । उनले दुई भन्दा बढि दलको सरकार भन्दा पनि राष्ट्रिय हितका लागि एमालेकै नेतृत्वमा सरकार बनाउन जोड रहेको धारणा राखे । एमालेले गत चैत १६ गते नेता नेपाल र भीम रावललाई पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै साधारण सदस्यबाट ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो । त्यस्तै, चैत १९ गते सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई पनि ६ महिनाका लागि पार्टीको साधारण सदस्यबाट निलम्बन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update