नेकपा एमालेका अध्यक्ष एबम प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका बरिष्ठ नेता माधव नेपाल बीच भेटवार्ता भएको छ । केहि समय अघि ओली र नेपाल चपली हाइटस्थित रामेश्वर थापाको निवासमा भेटवार्ता सुरू भएको हो।
बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा बिश्वासको मत गुमाएपछि बिपक्ष दलहरु र स्वयम सत्ता पक्षमा रहेका नेपाल समुहले ओलीलाई सत्ताबाट हटाउन लागि परेका छन् । आज मात्र नेकपा एमालेको स्थायी कमिटिको बैठक बसी नेता नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको निलम्वन फुकुवा गर्ने निर्णय गरेको थियो। त्यस्तै नेपाल पक्षले भने ओलीपक्षलाई २०७५ जेठ २ गतेकै अवस्था फर्कन ४ बजे सम्मको अल्टिमेटम दिएको थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय