हिमाल दैनिक
हाम्रो राजीनामा तत्कालका लागि टर्यो: नेता नेपाल
madhavkumar-nepal-nekapa
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधव नेपालबीच पार्टी विवाद टुंगाउने सहमति भएको छ । ओली र नेपालबीच बिहीबार अपरान्ह बुढानिलकण्ठमा भएको भेटवार्तामा ओली फागुन २८ को निर्णय सच्चाउन तयार भएका हुन् । भेटका क्रममा विवाद समाधानका लागि कार्यदल बनाएर अगाडि बढ्ने सहमति भएको नेता नेपालले बताए । प्रधानमन्त्रीलाई ६ बुँदे शर्त राखेर लेखेको पत्रका विषयमा छलफल भएको उनले बताए । त्यस्तै फागुन २८ निर्णय फिर्ता गर्ने र जेठ २ को अबस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिक पुगेको उनले बताए । उनले बिभिन्न तहमा छलफल हुने भन्दै तत्कालका लागि राजीनामाको सम्भावना टरेको जानकारी दिए । यसअघि एमाले स्थायी कमिटी बैठकले माधव नेपाल सहित चार नेतालाई गरिएको कारवाही फुकुवा गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update