हिमाल दैनिक
एमाले नेता नेपालबाट माओवादीले धोका पाएपछि...
maovadi-kendra
नेकपा माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षले गठबन्धनको नयाँ सरकार गठनको प्रक्रिया अघि नबढाउने निर्णय गरेको छ । पार्टी कार्यालय पेरिसडाँडामा बसेको दुई दलका नेताहरुको बैठकले एमालेको माधव समूहले नयाँ सरकार गठनमा सहभागी नजनाउने भएसंगै गठबन्धनको नयाँ सरकार गठनको प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । बैठकपछि माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले माधव नेपाल झलनाथ समूहले गठबन्धन सरकार गठनका लागि सहयोगी भूमिका नगर्ने र एमाले अध्यक्ष केपी ओलीलाई सहयोग गर्ने निर्णय गरेकाले अब नयाँ सरकार गठनको प्रक्रिया अघि नबढाउने बताए । उनले माधव समूहले धोेका दिएको भन्न नमिल्ने भन्दै सरकार गठनका लागी संख्या नै नपुगेको उल्लेख गरे । माओवादी स्थायी कमिटी बैठकपछि जसपाका अध्यक्ष उपेन्द्र यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ माओवादी नेतासंग छलफलका लागि पेरिसडाँडा पुगेका थिए ।
प्रकाशित मिति: बिहीबार, वैशाख ३०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update