हिमाल दैनिक
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिंदैछन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार उक्त पदमा पुनः नियुक्त गरेकी छिन् । तेस्रो कार्यकालका लागि नियुक्त प्रधानमन्त्री ओलीले दिउँसो २ः३० बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । आजै पहिलो चरणको मन्त्रिपरिषद् विस्तार हुने जनाइएको छ । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरिएको थियो । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र)लगायत दलले बहुमत सदस्यको दाबी पेश गर्ने कोसिस गरे पनि ती दल असफल भएका थिए । उक्त अवधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
देउवाको अडान नै सत्य साबित: सरकारको दाबी नगर्ने
[caption id="attachment_21849" align="alignnone" width="1366"] फाइल फोटो[/caption] पौष यता विकसित भएका पछिल्लो राजीनितिक घटना क्रमले जतिसुकै आलोचना सहन परेपनि देउवाले आफुसंगै पार्टीको साथ समेत जोगाउन सफल भएका छन् ।

 थप पढ्नुहोस् 


एमाले नेता नेपालबाट माओवादीले धोका पाएपछि…

माधव समूहले धोेका दिएको भन्न नमिल्ने भन्दै सरकार गठनका लागी संख्या नै नपुगेको उल्लेख गरे ।

 थप पढ्नुहोस् 

प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update