हिमाल दैनिक
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुबीच पछिल्लो राजीनितिक घटना क्रमबारे छलफल भएको छ। केहि समय अघि कांग्रेसका सभापति शेर बहादुर देउवाको निवासमा कांग्रेस, माओवादी केन्द्र, जसपाका एक पक्षका नेताहरु बीच छलफल भएको बुढानिलकण्ठका स्रोतले जनाएका छन् । स्रोतका अनुसार बैठकमा कांग्रेसका तर्फ बाट सभापति देउवा, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला रहेका छन् । माओवादी केन्द्रबाट अध्यक्ष पुष्पकमल दाहाल, नारायण काजी श्रेष्ठ, पम्फा भुसाल बैठकमा सहभागी भएका छन् भने जसपाका तर्फबाट उपेन्द्र यादव छन् । बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बिश्वासको मत गुमेपछि राष्ट्रपतिले दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन तीन दिनको समय दिएकी थिइन्। तोकिएको समयमा प्रतिपक्ष दलले बहुमत पुराउन नसकेपछि राष्ट्रपतिले हिजै संविधानको धारा ७६ को (३) बमोजिम ठूलो दलका नेताको हैसियतले ओली प्रधानमन्त्रीमा पुनः नियुक्त गरेकी हुन्। यस पछि अब प्रतिपक्ष दलहरु के-कसरी अगाडी बढ्ने भन्ने बारे छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update