हिमाल दैनिक
नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि आज शपथ लिएका छन् । प्रतिनिधिसभामा रहेका दुई वा दुईभन्दा बढी दलले बहुमत जुटाउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले ठूलो दलको नेताका हैसियतमा उनलाई बिहीबार राति उक्त पदमा पुनः नियुक्त गरेकी हुन् । राष्ट्रपतिबाट नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलका समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाका सदस्यलाई बिहीबार साँझ ९ बजेभित्र नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्न यही वैशाख २७ गते तीन दिनको समयसीमा तोकेर आह्वान गरेकी थिइन् । उक्त अवधिमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत दल बहुमत सदस्यको दावी पेश गर्ने कोशिश गरे पनि असफल भएका थिए । समयावधि सकिएपछि संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेता ओली प्रधानमन्त्रीमा नियुक्त भएका हुन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update