हिमाल दैनिक
राष्ट्रपतिबाट शपथ लिएको कि राष्ट्रपतिलाई शपथ सिकाएको?
kp-oli-sapth
केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा शपथ लिएका छन् । शुक्रबार राष्ट्रपति निवासमा भएको शपथग्रहण कार्यक्रममा राष्ट्रपति बिद्यादेवी भण्डारीले नवनियुक्त प्रधानमन्त्री केपी ओलीलाई शपथ गराउदै गर्दा 'त्यो पर्दैन' भने पछि राष्ट्रपतिको हाँसो छुटेको थियो । प्रचलित अभ्यास अनुसार पद बहाल गर्नु अगाडी शपथ लिंदा आफ्नो नाम उच्चारण गर्दै गरिने शपथ ग्रहणको क्रम भंग गरेका छन् । राष्ट्रपतिले सपथ गराउँदै गर्दा 'म केपी शर्मा ओली मुलुक र जनताप्रति पूर्ण वफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भन्ने क्रममा ओलीले 'यो प्रतिज्ञा गर्छु कि' भन्न छुटाए। त्यसपछि राष्ट्रपतिले पुन: उक्त वाक्य दोहोर्याईन । राष्ट्रपतिले पुन: 'यो प्रतिज्ञा गर्छु कि' भन्दा ओलीले 'त्यो पर्दैन' भन्दा तत्काल नै राष्ट्रपतिको हाँसो छुटेको थियो।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update