हिमाल दैनिक
नवनियुक्त प्रधानमन्त्री भन्छन्: हाम्रा अस्पतालमा बेड र अक्सिजनकाे कमी छैन
pradhanmantri-kepi-sharma-oli
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना रोकथाम र नियन्त्रणमा कुनै साधन स्रोतको कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरेका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बहाली गर्दै उहाले राज्यका सबै अंग र निजी क्षेत्रलाई प्रभावकारीरुपमा परिचालित हुन आग्रह गरे । महामारी नियन्त्रणमा सम्बन्धित नियमको पालना गर्न र कुनै अनियमितता हुन नदिन उनले सचेत गराए । प्रधानमन्त्री ओलीले सबै दल, नेता र कार्यकर्तालाई विकराल स्थितिमा संवेदनशील भएर विधि र कानूनको पालना गर्न आग्रह गरे । उनले छिमेकी र मित्रराष्ट्रलाई महामारी नियन्त्रणमा सघाउन पनि आग्रह गरे । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दलका नेताका हैसियतमा उनि प्रधानमन्त्रीमा पुनः नियुक्त भएका हुन् । त्यस्तै शुक्रबार नै उपप्रधानमन्त्री इश्वर पोखरेल लगाएत अन्य बिभागीय मन्त्रीहरुले पनि सिंहदरबार पुगेर पदबहाली गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update