हिमाल दैनिक
प्रधानमन्त्री कार्यलयमा नेकपा एमालेको बैठक जारी
nekapa-emale-baithak
नेकपा एमालेको विवाद मिलाउन प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भइरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा छलफल जारी छ । छलफलमा एमालेका नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, रामबहादुर थापा र विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, गोकर्ण विष्ट, भीम रावल लगाएत सहभागी छन् । यसअघि ओली र नेपालबीच भएको छलफलमा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने र त्यसका लागि कार्यदल बनाउने सहमति भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update