हिमाल दैनिक
नेकपा एमालेका दुईपक्षबीच भएको वार्ताले कार्यदलको नाम टुंगाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मा दिएको छ । शुक्रबार साँझ सिंहदरबारमा भएको छलफलमा कार्यदलको नाम सिफारिस गर्ने जिम्मा ओली र नेपाललाई दिइएको हो । वार्तापछि नेता भीम रावलले पार्टीको एकता कायम राख्नका लागि गम्भीरपूर्वक छलफल गरेको जानकारी दिए । २०७५ को जेठ २ भन्दा अगाडिको कुरालाई आधार मानेर अन्य छलफल अगाडि बढाउने कुरा भएको र त्यो प्रयोजनका लागि ओली र नेपालबीच कार्यदलको सदस्यको नाम तय गर्ने कुराकानी भएको उनले बताए । कार्यदल बनाएर पार्टीको आन्तरिक विवाद टुंग्याउन सहमत भएका प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच दोस्रो दिन पनि भेटवार्ता भएको हो । वार्तामा एमालेको दोस्रो तहका नेताहरू पनि सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, वैशाख ३१, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update