नेपालमा आइतबार थप सात हजार ३६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। देशभर गरिएको ९ हजार ४३९ जनाको पिसिआर र ३४४ जनाको एन्टीजेन परीक्षणमा सात हजार ३६८ जनालाई संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट सात हजार ३१६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन् ।
त्यस्तै थप १४५ जना संक्रमितको मृत्यु भएको छ। मन्त्रालयका अनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या पाँच हजार १ पुगेको छ। त्यस्तै देशभर ६ हजार ६४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् भने हालसम्म तीन लाख ३९ हजार ७५६ जना निको भइसकेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल देशभर एक लाख १० हजार २६३ सक्रिय संक्रमित आइशोलेशन र ७०१ जना क्वारेन्टाइनमा छन् ।
प्रकाशित मिति: आइतबार, जेठ २, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय