हिमाल दैनिक
नेपालमा सोमबार थप ९ हजार दुई सय ४७ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको २१ हजार ६ सय ५३ पिसिआर परिक्षणका क्रममा ९ हजार एक सय ९८ जना र ४३४ एन्टीजेन परिक्षणका क्रममा ४९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ६४ हजार २१८ पुगेको छ । त्यस्तै थप २१४ जनाको कोरोनाका कारण मृत्यु भएको छ भने हालसम्म नेपालमा पाँच हजार दुई सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ५ हजार ७ सय ६७ जना कोरोनामुक्त भएका छन् । हालसम्म नेपालमा तीन लाख ४५ हजार ५२३ जना संक्रमणमुक्त भएका छन् । हाल १ लाख १३ हजार ४८० सक्रिय संक्रमित आइशोलेशनमा र ७०८ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २७ लाख ९२ हजार ६७३ वटा पिसिआर परिक्षण गरिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update