हिमाल दैनिक
अक्सिजनको सहज आपूर्ति र व्यवस्थापन गर्न सेना परिचालन
nepali-sena
अक्सिजन अभावले कोरोना संक्रमितको उपचार प्रभावित भइरहेका बेला सहज आपूर्ति र व्यवस्थापनका लागि नेपाली सेनाले जनशक्ति परिचालन गरेको छ । सेनाले कोभिड १९ व्यवस्थापन तथा सञ्चालक केन्द्र सीसीएमसी, स्वास्थ्य मन्त्रालय र गृह मन्त्रालयसंगको समन्वय सहकार्यमा अक्सिजन प्लान्टहरको सञ्चालन तथा अक्सिजन सिलिण्डरहरुको ढूवानी कार्यमा आफ्नो जनशक्ति खटाउने तथा हवाई एवं सडक सवारी साधानको प्रयोग गरेको हो । नेपाली सेनाका अनुसार बैंशाख २८ गतेदेखि जेष्ट ४ गतेसम्म बारा, सुनसरी, पोखरा बिराटनगर लगाएतका क्षेत्रबाट करिव एक हजार बढि सिलिण्डर हवाई तथा सडक मार्गबाट ढुवानी गरिएको छ । त्यस्तै काठमाडौंको थानकोट, काभ्रेको पनौती, रुपन्देहीको बिभिन्न अक्सिजन प्लान्टमा जनशक्ति खटाइएको सेनाले जनाएको छ । यसबाट अक्सिजन उत्पादन वृद्धि र प्रभावकारी व्यवस्थापन गर्न सहज पुग्ने विश्वास सेनाको छ ।  
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update