रुकुम (पूर्व) मा कोरोना सङ्क्रमणबाट एमाले नेताको मृत्यु भएको छ । पुथाउत्तरगंगा गाउँपलिका वडा नम्बर १० बाछीगाउँका सतमान पुनको आज निधन भएको हो । नेकपा एमालेका लुम्बिनी प्रदेश सचिवालय सदस्यसमेत रहेका भूमी सम्बन्धि समस्या समाधान आयोग रुकुम–पूर्वका अध्यक्ष पुनको उपचारको क्रममा बाँकेको कोहलपुर निधन भएको हो ।
नेता पुनलाई केही दिन अघि सङ्क्रमण पुष्टि भएको थियो । कोरोना भएर अवस्था जटिल बनेपछि गत वैशाख ३१ गते जिल्ला अस्पताल सल्ले रुकुम–पश्चिममा लगिएको थियो । स्वास्थ्य अवस्था झनै जटिल भएपछि उनलाई हेलिकप्टरमार्फत थप उपचारको लागि कोहलपुर लगिएको थियो ।
मगर खाम क्षेत्रका एक नेताको निधनले पार्टी र जिल्लालाई ठूलो क्षेती पुगेको एमाले नेता तथा लुम्बिनी प्रदेशका पार्टी सचिव खेममान खड्काले बताए । नेता पुन केही समय रुकुम पूर्वको पार्टी संयोजक भएर पनि काम गरेका थिए । यससँगै अहिलेसम्म रुकुम पूर्वका चारको सङ्क्रमणबाट मृत्यु भएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ ४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय