हिमाल दैनिक
नेपालमा बुधबार थप ८ हजार १७३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । देशभर पीसीआर विधिबाट गरिएको कोरोना परिक्षणमा ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअनुसार काठमाडौं उपत्यकामा २ हजार ४ सय ८६ संक्रमित भेटिएको मन्त्रालयको भनाई छ । त्यस्तै कोरोनाका कारण थप २४६ जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या पाँचहजार दुई सय ५२ पुगेको छ । त्यस्तै थप सात हजार ९ सय ८९ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । हाल ८ सय ५४ जना क्वारेन्टाइनमा छन् ।
प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update