हिमाल दैनिक
आज वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदानमा विवेकशील साझा पार्टीले मतदान नगर्ने भएको छ । बागमती प्रदेशका विवेकशीलको संसदीय दलका नेता रमेश पौड्यालले एक बिज्ञप्ति जारी गर्दै नो भोट लागु गर्न सर्बोच्च अदालतको निर्देशनात्मक आदेश कार्यन्वयन गर्न आज हुन लागेको निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका हुन् । बिज्ञप्तिमा भनिएको छ,'गृहमन्त्री रामबहादुर थापाले आफू निर्वाचित भएको दल त्याग गरी अर्को दलमा प्रवेश गरेका कारण राजनीतिक दल सम्बन्धी ऐन, २०७३ बमोजिम राष्ट्रिय सभामा रिक्त हुन आएको बागमती प्रदेशबाट निर्वाचित हुने एक स्थानका लागि हुँदै गरेको निर्वाचनमा नेकपा एमाले, नेपाल मजदुर किसान पार्टी र स्वतन्त्र गरी तीन जना उम्मेदवारहरू मैदानमा छन।' उनले प्रावधिक रुपममा एक जना स्वतन्त्र देखिएपनि सत्तारुढ नेकपा एमालेकै एउटा खेमाको तर्फबाट निजको उम्मेदवारी आएको प्रस्टै देखिएको बताएका छन्। उनले भनेका छन्, 'यस परिप्रेक्ष्यमा चुनावी मैदानमा प्रतिस्पर्धारत तिनै जना उम्मेदवारहरूबाट राष्ट्रिय सभामा हामीले अपेक्षा गरेको भूमिका निर्वाह हुनेछ भन्नेमा आश्वस्त हुन नसकेकोले विवेकशील साझा पार्टीले यस निर्वाचन प्रक्रियामा सामेल नहुने निर्णय गरेको छ । विवेकशील साझा पार्टीले स्थापनाकालदेखि नै उठाउँदै आएको मतपत्रमा ‘नो भोट’ को विकल्प शीघ्र लागु गर्न पनि सरकार र निर्वाचन आयोगसमक्ष माग गर्ने निर्णय भएको छ' २०७० पौष २१ गते सर्वोच्च अदालतले सरकारका नाममा मतपत्रमा ‘नो भोट’ को व्यवस्था गर्न निर्देशनात्मक आदेश जारी गरेको सात वर्ष भन्दा बढी भइसक्दा पनि उक्त आदेशको कार्यान्वयनमा सरकार र निर्वाचन आयोग उदासीन रहेको भन्दै यस राष्ट्रिय सभाको निर्वाचनसम्म आइपुग्दा पनि मतपत्रमा ‘माथिका कुनै पनि उम्मेदवार होइन’ अर्थात् None of the above (NoTA) को विकल्प सामेल नगरिनु खेदजनक रहेको बिज्ञप्तिमा उल्लेख छ
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update