हिमाल दैनिक
नेपाली कांग्रेसले कोरोना महामारीबाट जनताको ज्यान जोगाउन सरकार गम्भीर नभएको निष्कर्ष निकालेको छ । उक्त बिषयलाई लिएर आज साढे ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेसले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउन सिंहदरबार जाँदैछ । बुधबार संसद भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दल कार्यसमितिको बैठकले नेपालमा कोरोना महामारीको बिषयमा सरकार र प्रधानमन्त्रीले गरेको गलत बिश्लेषण कै कारण जनताले ज्यान गुमाउनुपरेको निष्कर्ष निकालेको थियो महामारीका समयमा जनताको जिवनरक्षा गर्नु सरकारको प्रमुख दायित्व भएपनि सरकार र सरकारका मन्त्रीहरु गम्भीर नभएको र भ्रष्टाचारका कुरा बाहिर आउनु दुखद रहेको निष्कर्ष निकालेको थियो । कांग्रेसले सवै नागरिकलाई कोरोना खोपको प्रवन्ध छिटो भन्दा छिटो उपलव्ध गराउन आज सरकारको ध्यानाकर्षण गर्न ज्ञापन पत्र बुझाउन लागेको हो। उक्त बैठकले कोरोना रोक्नका लागि अन्तराष्ट्रिय निकायले गरेको सहयोगप्रति धन्यवाद दिदै आगामी दिन पनि थप सहयोगको अपेक्षा र आह्वान गरेको छ । त्यस्तै कोरोना उपचारका लागि फ्रन्टलाइनमा बसेका व्यक्तिहरुप्रति पनि बैठकले धन्यवाद दिएको छ । कोरोना महामारीमा अप्ठेरो अवस्थामा परेको क्षेत्रलाई राहत दिन प्याकेज ल्याउन बैठकले सरकारको ध्यानाकर्षण गराएको कांग्रेस प्रमुख सचेतक खाँडले बताए ।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update