हिमाल दैनिक
कपिलवस्तुमा नेकपा माओवादी केन्द्रका एक नेता माथि गोलि प्रहार भएको छ। गएराति ११ बजेतिर कपिलवस्तु नगरपालिक-६ थुमुवा-तौलिहवा सडक खण्डमा माओवादीका नेता दीपक पाण्डे र एक भारतीय नागरिकमाथि अज्ञात समुहले गोलि प्रहार गरेको छ। मोटरसाइकलमा जगदीशपुरतर्फबाट घर जाँदै गरेका पाण्डेको शरीरमा दुई वटा गोली लागेको भारतीय नागरिक ईयर अक्तरलाई एक गोली लागेको छ । स्रोतका अनुसार पाण्डेलाई पेट र अर्को बायाँतर्फको कोखामा र ईयरलाई पाखुरामा गोलि लागेको छ। उनीहरुको अहिले भैरहवामा उपचार भईरहेको छ । गोलि गोलि कसले र किन हान्यो भन्ने बारे अहिले सम्म खुलिसकेको छैन। पाण्डे माओवादीको जिल्ला सदस्य हुन्।  
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update