पार्टी भित्रको अन्तरिक किचलोमा पुष्प कमल दाहाल प्रचण्डलाई छाडेर केपी ओलीलाई साथ दिन पुगेका राम बहादुर थापा उर्फ बादल राष्ट्रिय सभा निर्वाचनमा पराजित भएका छन् । पछिल्लो समय नेकपा एमाले र माओवादी विभाजित भएपछि पार्टी अनुशासन विपरित माओवादीबाट एमालेमा गएका बादल सुर्य चिन्ह लिएर लड्दा पुर्व एमाले उम्मेदवार खेमलाल देवकोटासंग पराजित भएका छन् ।
मतगणनामा देवकोटाको पक्षमा पाँच हजार ८८ मत आएको थियो भने बादलले भने बादलले ४०१४ मत ल्याएका छन् । ओलीले बादललाई साथ दिएपछि एमाले भित्रबाट नै बिद्रोह गरेका माधव नेपाल पक्ष माओवादी र नेपाली कांग्रेससंग मिलेर देवकोटालाई सांझा उम्मेदवार बनाएका थिए।
प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय