हिमाल दैनिक
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले संविधानको मर्म र भावनामाथि प्रहार गरेको ठहर गरेको छ । शुक्रबार कांग्र्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि प्रहार भएको निष्कर्ष ठहर गरेको हो । बैठकले संविधान र लोकतन्त्रको रक्षाका लागि अन्य दलसँग सबै विकल्पमा छलफल गर्ने निर्णय गरेको कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । उनले प्रधानमन्त्री र राष्ट्रपतिले संबिधान मिचेको भन्दै आवश्यक खण्डन गर्न तयारी गर्ने बताए । प्रधानमन्त्री हुँदा हुँदै थोरै समय दिएर अर्को प्रधानमन्त्रीको आह्वान गर्नु षडयन्त्र भएको र कांग्रेस एकजुट भएर यसको बिरुद्धमा उत्रने उनको भनाइ छ । त्यस्तै कांग्रेस सहमहामन्त्री प्रकाश शरण महत्तले संविधानको धारा ७६(५) अनुसार सरकार गठनका लागि गरिएको आह्वानले संविधानको मर्म र भावनालाई फेरि पनि बेवास्ता गरेको ठहर रहेको बताए । संविधानलाई कुल्चने प्रबृत्ति हावी हुन नदिन आवश्यक बाटो अख्तियारी गर्ने उनले बताए । उनले सवै बिकल्पमा अन्य दलहरुसंग छलफल गरेर आवश्यक निष्कर्षमा पुग्ने जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update