नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका नेता माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न देउवा निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका गर्न आज अपरान्ह ५ बजेसम्मको अल्टिमेटम दिएपछि बिपक्ष दल र सत्तापक्षकै नेपाल पक्षहरुको हलचल बढेर गएको छ।
केहि समयमा सभापति देउवाले सर्बदलीय बैठक आह्वान गरेको देउवा निकट स्रोतले बताए । आज मात्र कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले प्रधानमन्त्री र राष्ट्रपतिबाट संविधानको मर्म र भावनामाथि प्रहार भएको निष्कर्ष ठहर गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय