हिमाल दैनिक
बिपक्षी दलहरुको बैठक बिना निष्कर्ष टुंगियो
madhav-nepal-deuba-niwas
नेपाली कांग्रेस सहित बिपक्षी दलको बैठकले उपयुक्त निर्णय लिने निष्कर्ष निकालेका छन् । कांग्रेस सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शुक्रबार बसेको कांग्रेस माओवादी, माधव पक्ष र जसपाका केहि नेताहरुको बैठकले सरकार गठनको बिकल्पमा छलफल गर्दै उपयुक्त निर्णय लिने निष्कर्ष निकालेका हुन् । प्रधानमन्त्रीले राजीनामा नै नदिई राष्ट्रपतिले धारा ७६(५) अन्तर्गतको प्रधानमन्त्री बन्न दलहरुलाई आह्वान गरेपछि विपक्षी दलका नेताहरु छलफलमा जुटेका थिए । बैठकमा सहभागि माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले धेरै विकल्पमाथि छलफल भए पनि टुंगो लागि नसकेको टिप्पणी गरे । त्यस्तै माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले बिभिन्न बिकल्पमा छलफल भएको बताए । जसपा नेता राजेन्द्र श्रेष्ठले पछिल्लो राजनीतिक घटनामा छलफल भएको उल्लेख गरे । कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र थप छलफल गरे अघि बढ्ने बताए । विपक्षीहरु दलहरुले राष्ट्रपति भण्डारीले असंवैधानिक कदम चालेको भन्दै उहाँविरुद्ध महाअभियोग र प्रधानमन्त्री ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारीमा रहेको दावी गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update