हिमाल दैनिक
राष्ट्रपतिले दिएको समय नसकिंदै संसदमा रहेको १४९ सांसदहरुको हस्ताक्षर लिएर कांग्रेस सभापति शेरबहादुर सहित बिपक्षी दलका नेताहरु शितल निवासमा गएका छन्। सिंहदरबारको कांग्रेस संसदीय दलमा बसेको कांग्रेस माओवादी र सत्तारूढ दल एमालेको असन्तुष्ट पक्ष संबिधानको धारा ७६ को ५ बमोजिम राष्ट्रपतिले दिएको समय सिमा सकिनुभन्दा दुई घण्टा अघि नै गठबन्दनले कुल १४९ सांसदहरुको हस्ताक्षर लिएर राष्ट्रपति निवासमा गएका छन् । प्रधानमन्त्रीले संबिधानको धारा ७६ को ३ बमोजिम बनेको सरकारको नेतृत्व गरेका केपी ओलीले ७६ को ४ बमोजिम विश्वासको मत नलिईकन एकै चोटी ७६ को ५ बमोजिम सरकार गठन गर्न शिफारिस गरेको आधारमा राष्ट्रपतिले आह्वान गरेपछि त्यसको संवैधानिक र कानुनी चर्को अलोचन हुँदै आइराखेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update