हिमाल दैनिक
देउवालाई प्रधानमन्त्री बनाउन क-कसले गरे त हस्ताक्षर?
nepali-congress-sabhapati-sherbahadur-deuba
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिइएको छ । शुक्रबार सिंहदबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसदहरुले हस्ताक्षर गरेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको नेता गगन थापाले जानकारी दिए । कांग्रेस सांसद थपाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् । त्यस्तै बैठकपछि माओवादी अध्यक्ष प्रचण्डले आफुहरु हस्ताक्षर लिएर शिलत निवास जान लागेको बताएका थिए स्रोतका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update