हिमाल दैनिक
आधा घण्टादेखि बाहिर अरु दललाई कुराएर ओली र राष्ट्रपति गफमा ब्यस्त!
E152g9LVoAotR7K
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका शिर्ष नेताहरु आधा घण्टा देखि कुरी राखेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएका गरेका शिर्ष नेता हरु भने अहिले राष्ट्रपति विद्यादेवी भण्डारीको पर्खाईमा बसेका छन् । आज केहि समय अघि सिंहदबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसदहरुले कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन गरेका थिए । राष्ट्रपति दिएको ५ बजेको सिमा अवधि अघि नै सिंहदरबारबाट शितल निवास गएका शिर्ष नेताहरुभन्दा प्रधानमन्त्री ओली शितल निवास चाडै पुगे । अहिले ओली र राष्टपति भण्डारी बीच छलफल जारी गरेको बताइएको छ। स्रोतका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update