हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्या देवी भण्डारीलाई भेटेर बहिरिएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति संग करिब ४० मिनेट भेट वार्ता गरेका छन् । सिंहदरबारमा बिपक्षी गठबन्दन र सत्ता पक्षका असन्तुष्ट पक्षले संबिधानको धारा ७६ (५) बमोजिम नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा प्रस्तावित गरेको खबर सुनेपछि उनीहरु भन्दा अघि ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास पुगेका थिए । कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका नेताहरुले राष्ट्रपतिलाई करिब आधा घण्टा बाहिर कुरेर बसेका थिए । आज केहि समय अघि सिंहदबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा बसेको कांग्रेस, माओवादी केन्द्र, एमालेको नेपाल पक्ष र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका सांसदहरुले कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन गरेका थिए । राष्ट्रपति दिएको ५ बजेको सिमा अवधि अघि नै सिंहदरबारबाट शितल निवास गएका शिर्ष नेताहरुभन्दा प्रधानमन्त्री ओली शितल निवास चाडै पुगे । अहिले ओली र राष्टपति भण्डारी बीच छलफल जारी गरेको बताइएको छ। स्रोतका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको अल्टिमेटम दिएकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update