हिमाल दैनिक
एक चोटी रावाणी देवीले चुनाव प्रचारका क्रममा रैछिन्। एउटा टोलमा भोट बिग्रिएको खबर आएछ । त्यसपछि लालु रवाणी देवीसहित सो क्षेत्रमा जना रिक्सा खोजेछन्। लालुले रिक्सको भाडा सोध्दा रिक्सा चालकले रिक्साको भाडा प्रति ब्यक्ति १३ रुपैयाँ रहेको बताएपछि लालु लगायतका ७ जना उक्त क्षेत्रमा पुगे। रिक्साबाट झरेपछि लालुले रिक्सा चालकलाई ७ जनाको भाडा १३ रुपैयाँको दरले हिसाब गर्दा २८ रुपैयाँ दिएछन् । लालुको गणित अनुसार उनले ७ लाई ३ ले गुणा गरेर २१ निकाले र १ लाई फेरी ७ पटक जोडेर २८ जिसाब निकालेर र रिक्सा चालकलाई दिएर त्यहाबाट बिदा भए। लालुको त्यो गणित अहिले नेपाली राजिनितीमा लागु भएको छ । राष्ट्रपतिले ७६ को ५ को सरकार आह्वान गरेपछि बिपक्षी गठबन्धनले कुल १४९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति निवास गए । तर, ओलीले लालु गणित लगाउदै उनिहरुभन्दा अघि राष्ट्रपतिकोमा पुगेर १५३ संसदको हस्तक्षर लिएर प्रधानमन्त्री पदमा दाबी गरेका छन् । संसदमा अहिले कुल २७२ सांसद छन् र बिपक्षी गठबन्धन र ओलीका पक्षमा रहेका सांसदहरुको हिसाब गर्ने हो भने अहिले संसदमा कुल ३०२ सांसद छन् । बिपक्षी गठबन्धनमा कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित) माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदको हस्तक्षार लिएर जानु अघि नै ओलीले १५३ सांसदको समर्थन रहेको भन्दै आफ्नो दाबी पेश गरे। उनको दाबी अनुसार ओलीसंग एमालेका १२१ र जसपाका ३२ सांसद रहेका छन् ।  
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update