हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पक्षमा कुल १५३ सांसद रहेको भन्दै प्रधानमन्त्रीमा पुन: दाबी गरेका छन् । राष्ट्रपति बिद्या देवी भण्डारीले बिहिबार संबिधानको धारा ७६ को ५ बमोजिम सरकार गठन गर्न आह्वान गरेसंगै ओलीले आज कुल १५३ सांसद आफ्नो पक्षमा रहेको भन्दै प्रधानमन्त्रीमा दाबी पेस गरेका छन् । यस अघिको राजनीतिक घटना क्रम निहाल्दा ओलीले बैशाख २७ गते बिश्वासको मत गुमाए । त्यसपछि राष्ट्रपतिले ७६ को उपधारा (२) बमोजिम तीन दिनको समय दिंदै प्रधानमन्त्री पदमा आह्वान गरेकोमा कसैले पनि दाबी नगरेपछि राष्ट्रपति भण्डारीले ७६ को (३) बमोजिम प्रतिनिधिसभामा बढी सदस्यहरु भएको दल नेकपा(एमाले)का संसदीय दलका नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । ओलीले बैशाख ३१ गते पुन: प्रधानमन्त्रीमा सपथ लिए । ७६ को (३) बमोजिम बनेको सरकारले ७६ को (४) बमोजिम ओलीले ३० दिन भित्र संसदमा बिश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । तर, यसअघि नै विश्वास गुमाएका ओलीले संसदलाई फेस गर्न चाहेनन् र राष्ट्रपति समक्ष हिजो मात्रै ७६ को (५) बमोजिम सरकार गठनको शिफारिस गरे। सोहि अनुसार राष्ट्रपतिले २१ घण्टे अल्टिमेटम दिंदै सरकारको गठनको आह्वान गरेकी थिइन् । जसपाले तटस्थ बस्ने र नेपाल पक्षले पनि ओलीलाई साथ नदिएपछि ओलीले विश्वासको मत माग्न पट्टि भन्दा ७६ (५) बमोजिमको सरकार गठनका लागि अघि बढेका थिए। संबिधानको धारा ७६ को ३ बमोजिम प्रधानमन्त्रीले ३० दिन भित्र बिश्वासको मत नआउने बुझेपछि ७६ को ५ अनुसार सरकार गठनको लागि शिफारिस गरे तर आज ओलीले फेरी आफुसंग १५३ मत रहेको भन्दै सरकारमा दाबी पेश गरे। जबकी अहिलेको अवस्था सरकारको बहुमत सिद्ध गर्न ओलीलाई केवल १३६ मत भए पुग्छ। १३६
प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update