हिमाल दैनिक
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पदका लागि केपी शर्मा ओली र शेरबहादुर देउवा दुवैको दाबी खारेज गरिदिएकी छिन्। शुक्रबार मध्यरातमा राष्ट्रपति कार्यलय बाट जारी भएको बिज्ञप्ति अनुसार ओली र देउवाको दाबी पूर्ण नभएका कारण खारेज गरेको बताइएको छ । राष्ट्रपति भण्डारीले दाबीकर्ता दुवै सदस्यहरूका समर्थनकर्ता भनिएका सदस्यहरू एक अर्कामा दोहोरो परेका, दलको निर्णय विपरीत एकले अर्कोलाई समर्थन गरेको समेत देखिएको र सम्बन्धित दलले मान्यता नदिन लेखी आएको समेत देखिएको भन्दै दुवैको दाबी खारेज गरेकी हुन्। 'संविधानको धारा ८९ को खण्ड (ङ) समेत आकर्षित हुन सक्ने, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ का विषयहरू समेतलाई ध्यान दिंदै दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकोले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।' बिज्ञप्तिमा भनिएको छ । प्रधानमन्त्री ओलीले आज नेकपा एमाले र जसपाका सांसदसहित पेस गरेको १५३ सदस्यको हस्तक्षार मध्य २६ जना एमाले सांसद र जसपाका १२ सांसद देउवाको समर्थनमा पनि देखिएको बताइएको छ। त्यस्तै देउवाले पेस गरेको १४९ जनको हस्तक्षारमा मध्य नेकपा (एमाले) बाट निर्वाचित सदस्यहरूको हकमा पार्टीको तर्फबाट अर्को दलका उमेदवारको पक्षमा हस्ताक्षर गरेका सदस्यहरूलाई मान्यता नदिने बताइएको छ । उनले पार्टीको संसदीय दलका नेताले प्रतिनिधि सभाको सदस्य समेत नरहने गरी निश्कासन गरिने हुँदा हाल उनीहरुको हस्ताक्षरको मान्यता नहुन बताएकी छिन्। त्यस्तै जसपाका अध्यक्ष श्री महन्थ ठाकुर र संसदीय दलका नेता श्री राजेन्द्र महतोकोले पार्टीका सदस्यहरूले पार्टीको आचरण र मर्यादा विपरीत हस्ताक्षर गरिएको बुझिएकोले त्यसलाई स्वीकृत नगरी दिनु भनि पत्र राष्ट्रपति कार्यलय आएकोले उनि हरुको हस्तक्षार पनि मान्य नहुने बताइएको छ । अन्त: दिन भरको राजीनितिक चलखेल पछि राष्ट्रपतिले दुवैको दाबी खारेज गरेकी छिन् ।  
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update