हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले मध्य रातमा मन्त्रिपरिषदको बैठक आह्वान गरेका छन् । राष्ट्रपतिले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दुवैजनाको दाबी नपुगेको भन्दै कसैलाई पनि प्रधानमन्त्रीमा नियुक्त नगर्ने भन्दै बिज्ञप्ति निकाले पछि ओलीले तत्काल मन्त्रिपरिषदको बैठक डांकेका हुन् । राष्ट्रपतिले बिहिबार संबिधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री पदमा दाबी पेश गर्न दलहरुलाई २१ घण्टे अल्टिमेटम दिएकी थिइन् । उक्त समयमा देउवा र ओलीको दाबी परे पछि राष्ट्रपतिले संविधानको धारा ८९ को खण्ड (ङ) र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को परिच्छेद ६ मा टेकी दुवैलाई नियुक्ति नगर्ने बताएकी थिइन् । अब धारा ७६ (५) को सरकार नबनेको भन्दै ओलीले अब संसद विगठन गरि मध्यावधिमा लैजान सक्ने अनुमान लगाइएको छ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update