हिमाल दैनिक
नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपतिबाट नै संविधान च्यात्ने काम भएको टिप्पणी गरेका छन् । शुक्रबार मध्यरात राष्ट्रपति बिद्यादेवी भण्डारीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको दाबी नपुगेको भन्दै प्रधानमन्त्रीमा नियुक्त गर्न अस्विकार गरेपछि नेता लेखकले सामाजिक संजालमा लेखेका छन्,‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन् । यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन। ’ राष्ट्रपतिको सो कदमपछि विभिन्न राजीनितिक दलका नेताहरु मध्यरातमा नै सामाजिक संजाल मार्फत आफ्नो प्रतिक्रिया दिन थालेका छन्
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update