हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विगठनका लागि शिफारिश गरेका छन् । शुक्रबार मध्य रातमा बसेको मन्त्रिपरिषदको बैठकले संघीय संसदको प्रतिनिधिसभा विघटन गरि कार्तिक २६ र मंगसिर ३ गते निर्वाचन गर्न निर्णय गरेको छ । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेकपा एमालेका अध्यक्ष ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दिएको दाबी अपुग भएको भन्दै दुवैलाई प्रधानमन्त्री नियुक्त नगर्न निर्णय गरेको केहि समयमा नै ओलीले मन्त्रिपरिषदको बैठक डांकेका थिए ।
प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update