हिमाल दैनिक
अहिले हामीहरु सरकारको क्रियाकपाको प्रतिक्रियामा लागेका छौँ: पोख्रेल
girirajmani-pokhrel
नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणी पोखरेलले अहिले आफुहरु सरकारको क्रियाकपालको प्रतिक्रियामा लागेको बताएका छन् । आइतबार माओवादी संसदीय दलमा सरकार बिघटनबिरुद्धको रिट दायरका लागि हस्ताक्षर संकलनका क्रममा पोखरेलले अहिलेको बिषम अवस्थामा सरकारल असंवैधानिक तवरले संसद बिघटन गरेको र त्यसैको प्रतिक्रियामा आफुहरु लागेको बताएका हुन् । उनले कोरोना बिरुद्ध सवैदलहरुलाई सामेल गर्दै नागरिकलाई पनि साथमा लिएर अभियान चलाउनुपर्ने बेला सरकारले राष्ट्रिय कार्यभार नै पुरा गर्न नसकेको जिकिर गरे । अहिले पनि कोभिडप्रतिको दायित्य पुरा ठिक ढंगले पुरा गर्न आफुहरु तयार रहेको भन्दै उहाले अहिले कोरोना जस्तै भाइरस प्रधानमन्त्री र राष्ट्रपतिबाट आएकाले त्यसका बिरुद्ध लड्न पनि आफुहरु तयार रहेको उल्लेख गरे । दोश्रो पटक संसद बिघटन गरेपनि त्यसको बिरुद्ध सर्वोच्चमा जानका लागि सांसदहरुको हस्ताक्षर संकलन गरिएको पोखरेलले बताए ।
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update