हिमाल दैनिक
संसद बिघटनबिरुद्ध १४९ भन्दा बढि सांसदको हस्ताक्षर, सर्वाच्च भोलि जाने
gagan-thapa
प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु सोमबार बिहान सर्वोच्च अदालत जाने भएका छन् । आइतबार नै सर्वोच्च जाने तयार तयारी भएपछि आवश्यक प्रक्रिया र रिटको ड्राफ्टलाई अन्तिम रुप दिन समय लागेकाले सोमबार मात्रै जाने नेताहरुले बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकतालगायत तयार गर्ने काम भएको र सशरीर उपस्थित भएर सोमबार १० बजे अदालत जाने जानकारी दिए । उनले संसद बिघटनको बिरुद्ध १४९ भन्दा बढि सांसदको हस्ताक्षर संकलन भएको दावी गरे । त्यस्तै कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले ड्राफ्टलाई अन्तिम रुप दिनका लागि समय लागेको जानकारी दिए। त्यस्तै बर्षमान पुनले सवैले पार्टीगत रुपमा हस्ताक्षर गरेको र संख्या पुगेकाले सोमबार बिहानै अदालत जाने बताe । राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी गठबन्धनको निर्णयबमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।  
प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update