हिमाल दैनिक
देउवाले गरे हस्तक्षार
sher-bahadur-deuba
बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् । यसका लागि आवश्यक बहुमत संख्या भन्दा बढी सदस्यहरुको हस्ताक्षरसहित सर्वाच्च अदालतमा मुद्दा दर्ता गर्न सिंहदरबारमा देउवाले रिटमा हस्ताक्षर गरिसकेका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका यादव-भट्टराई पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा आज संयुक्त रिट दर्ता गर्न जान लागेका हुन्। त्यसका लागि अहिले सिंहदरबारमा नेताहरु भेला भई हस्तक्षार गर्दै छन्। विपक्षी गठबन्धनले कांग्रेसका सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै आज सर्वाच्चमा रिट दर्ता गर्दैछ ।
प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update