हिमाल दैनिक
देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका यी सांसदले गरे हस्ताक्षर
madhav-nepal-pax
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीका लागि समर्थन गरेका २६ सांसदमध्ये संसद विघटनविरुद्ध रिट दिन २३ जनाले हस्ताक्षर गरेका हुन् । संविधानको धारा ७६(५) अनुसार सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्ति नगरी प्रधानमन्त्रीको शिफारिशमा राष्ट्रपतिले रातारात संसद विगठन गरेपछि आज बिपक्षी गठबन्धनले राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दायर गर्दै छ । त्यसका लागि अहिले सिंह दरबारमा हस्ताक्षर संकलन भईराखेको छ । यसै बीच एमालेका नेपाल समूहका ३० सांसदले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न पर्ने भन्दै हस्ताक्षर गरेको बताइएको छ । हिजो उक्त समूहका २१ सांसदले मात्र हस्तक्षार गरेका थिए । हस्तक्षार गर्नेमा माधव नेपाल, भीम रावल,घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, निरादेवि जैरू,विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सरला यादव, कल्याणी खड्का, लक्ष्मी चौधरी, कलिला खातुन, रामकुमारी झाँक्री, झलनाथ खनाल, पुष्पा कर्ण कायस्थ, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, पवित्रा निरौला, मुकुन्द न्यौपाने लगायत ३० सांसद रहेका छन् । आज मेटमणि चौधरी, दिपक प्रकाश भट्ट, नारायण खतिवडालगायत संसदहरु बिपक्षी गठ बन्धनमा सामिल भएका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि चुनावमा जाने राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीका यादव-भट्टराई पक्ष, एमालेको माधव नेपाल पक्ष र राष्ट्रिय जनमोर्चा आज संयुक्त रिट दर्ता गर्न जान लागेका हुन्। त्यसका लागि अहिले सिंहदरबारमा नेताहरु भेला भई हस्तक्षार गर्दै छन्। विपक्षी गठबन्धनले कांग्रेसका सभापति देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै आज सर्वाच्चमा रिट दर्ता गर्दैछ ।

देउवाले गरे हस्तक्षार

[caption id="attachment_23410" align="alignnone" width="2048"] फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption] बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।

थप पढ्नुहोस्

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update