नेकपा (एमाले)ले स्थायी कमिटी बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजे बैठक बोलाइएको हो । एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बैठकमा आगामी बजेट, पार्टीले सोधेको स्पष्टीकरण तथा सुदूरपश्चिम प्रदेश सरकारका विषयमा छलफल हुने बताए ।
उनले बैठकमा विपक्षी गठबन्धनका तर्फबाट सरकारको दावीसहित सर्वोच्च अदालतमा दायर गरिएको रिटमा हस्ताक्षर गर्ने सांसदलाई पनि स्पष्टीकरण सोधिने बताए । “विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, उनले भने।
यही जेठ ८ गते बसेको स्थायी कमिटी बैठकले पार्टीका नेता माधवकुमार नेपाल, झलनाथ खनालसहित ११ जनालाई स्पष्टीकरण सोधेको थियो । पार्टीले सोधेको स्पष्टीकरण पेश गर्न आज अन्तिम समयसीमा तोकिएको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका यी सांसदले गरे हस्ताक्षर
नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।देउवाले गरे हस्तक्षार
[caption id="attachment_23410" align="alignnone" width="2048"] फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption] बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय