हिमाल दैनिक
राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध विपक्षी पाँच दलका नेताहरु आज सर्वोच्च अदालत पुगेका छन् । बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने नेताहरु सर्वाच्च अदालत पुगेका हुन् । कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेका माधवकुमार नेपाल पक्ष, जसपाको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाका १४६ सांसदको हस्तक्षर लिएर कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव नेता अदालत पुगेका छन् । त्यस्तै सांसदहरु पनि अदालत आउने क्रम जारी छ । यसअघि आज सिंह दरबारमा बिपक्षी गठबन्धनले हस्तक्षार गरेका थिए ।
नक्कली हस्ताक्षर भयो भनेर स्यालहुइयाँ हुन्छ भनेर हामी अदालत जान लागेका हौ: खतिवडा
नेकपा एमालेका माधव नेपाल पक्षका २३ सांसदहरुले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्न हस्ताक्षर गरेका छन्।माधव नेपाल पक्षका नेता नेता विरोध खतिवडाले केहि नेताहरु जिल्ला बाहिर रहेको र सर्वोच्च अदालतले सक्कल हस्ताक्षर नै खोज्ने भएकाले २३ जनाले हस्ताक्षर गरेको जानकारी दिए । अन्य केहिले पनि हस्ताक्षर गर्ने भनेपनि उपत्यका बाहिर रहेकाले सम्भव नभएको खतिवडाले बताए ।

थप पढ्नुहोस्


देउवालाई सपोर्टमा गर्ने एमाले सांसदलाई कारबाही गर्ने तयारी, स्थायी कमिटी बैठक बस्दै
“विपक्षी कांग्रेसको नेतृत्वमा सरकारको दावी गर्दै सर्वोच्च अदालतमा दायर गर्ने रिटमा आज पार्टीका नेता तथा सांसद कसकसले हस्ताक्षर गर्नुहुन्, तिनलाई पनि थप स्पष्टीकरण सोधिने छ”, शेरबहादुर तामाङले भने।

थप पढ्नुहोस्


देउवालाई प्रधानमन्त्री बनाउन माधव पक्षका यी सांसदले गरे हस्ताक्षर

नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्नुपर्ने माग गर्दै माग नेकपा एमालेको माधव नेपाल पक्षका ३० सांसदले हस्ताक्षर गरेका छन् ।

थप पढ्नुहोस्


देउवाले गरे हस्तक्षार

[caption id="attachment_23410" align="alignnone" width="2048"] फोटो : रोशन फोटो : रोशन सापकोटासापकोटा[/caption] बहुमत सदस्यको हस्ताक्षर पेस गर्दा पनि राष्ट्रपति बिद्यादेवी भण्डारीले आफुलाई प्रधानमन्त्रीमा नियुक्त नगरी मध्य रातमा संसद विगठन गरेपछि कांग्रेस सभापति शेर बहादुर देउवाले बिपक्षी गठबन्धनको तर्फबाट राष्ट्रपति र सरकारविरुद्ध सर्वाच्चमा मुद्दा दर्ता गराउने भएका छन् ।

थप पढ्नुहोस्

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update