हिमाल दैनिक
अब दोश्रो लहर नेपालमा धेरै लामो समयसम्म रहदैन: प्रधानमन्त्री ओली
kp-oli
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाको दोश्रो लहरलाई नियन्त्रण गर्ने अवस्था सिर्जना भएको बताएका छन् । दुई हजार ५६५ औं बुद्धजयन्तीका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले कोरोनाको दोश्रो चरणको महामारीलाई बिभिन्न तवरले नियन्त्रण गर्ने अवस्था सिर्जना भएको बताएका हुन् । उनले अब दोश्रो चरण नेपालमा धेरै लामो समयसम्म नरहने पनि बताए । प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन, भेन्टिलेटर र बेडका साथै अन्य स्वास्थ्य सामाग्रीको अभाव नहुने दावी गरे । त्यस्तै उनले सबै नागरिकलाई खोपको पहुँचमा ल्याइने बताए । सरकारका प्रयासहरुप्रति विश्वस्त रहने उनले आग्रह पनि गरे । उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा बोकेर बहुतै तीव्र गति एवं उत्साह र आत्मविश्वासका साथ अघि बढिरहेका बेला कोभिड–१९ को महामारीले गम्भीर रुपमा व्यवधान पु¥याए पनि निराश हुन नहुने बताए ।
प्रकाशित मिति: बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update