हिमाल दैनिक
नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् । बिहीबार नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले मध्यरातमा संसद विघटन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका हुन् । सभापति देउवाले कांग्रेसले निर्दलीय चरित्र देखायो भन्नेहरुलाई जवाफ दिँदै संविधान पढ्न आग्रह गरे । सभापति देउवाले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रनुपर्ने मत भएपनि आफूले रोकेको बताए। कोभिड महामारीमा जनता जीवन ठूलो भएकाले आन्दोलन नगरिएको बताए । फरक प्रसंगमा देउवाले पार्टीको महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न आफू तयार भएको बताए । त्यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसले देशमा एकसाथ तीन वटा लडाइं लडिरहेको बताए । देशलाई विकल्प चाहिएको भन्दै नेता पौडेलले चुनावमा जाने परिस्थिति कतै नदेखिएको धारणा राखे ।
प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update