हिमाल दैनिक
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मी कमि भएको आक्रमण सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्‍डनीय मानिने बताएका छन् । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रद्न्मंत्री ओलीले भने,'अग्रपंक्तिमा डटिरहेका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य तहका कामदार तथा राष्‍ट्रसेवक कर्मचारीमाथि कुनै पनि बहानामा हुने भौतिक वा कुनै पनि प्रकारको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि भएको आक्रमण सरह नै दण्‍डनीय मानिनेछ।' त्यस्तै उनले आफ्नो निजी जीवन र पारिवारिक जिम्मेवारीलाई समेत पञ्छाएर सङ्क्रमितहरूको उपचार र व्यवस्थापनमा अहोरात्र खट्ने जनशक्तिको सुरक्षामा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
Weather Update