प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नु सत्ता मा रहनु वा नरहनु प्रमुख बिषय नभएको बताएका छन् । शुक्रबार देशबासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चिएको र चौध वर्ष जेल बिताएका कारण सत्तामा रहनु वा नरहनु प्रमुख बिषय नभएको बताएका छन् ।
लाई सत्ता साध्य नभई साधन मात्रै रहेको बताएका छन् । उनले भने,'लोकतन्त्रका लागि आफ्नो जीवनको आधा शताब्दीभन्दा बढी खर्चेको र पञ्चायती जेलमा चौध वर्ष बिताएको मेरा लागि सत्तामा रहनु या नरहनु प्रमुख विषय हुँदै होइन। बहुदलीय व्यवस्था आइसकेपछि पनि प्रतिपक्षका रूपमा दशकौं व्यतीत गरेको, “लोकतान्त्रिक शक्ति” हरूकै दमन झेलेको हाम्रो पार्टीका लागि पनि यो विषय महत्वपूर्ण होइन। हाम्रा लागि सत्ता साधन मात्रै हो, साध्य होइन।' उनले साध्य त राष्ट्रियताको सम्वर्द्धन र सार्वभौमसत्ताको रक्षा रहेको बताएका छन् ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय