प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय प्रतिगमत नभएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले ताजा जनादेशमा जानु प्रतिगमन नभएको भन्दै नीति बिहिन गठबन्धन बनाएर सरकारमा जान खोज्नु अनैतिक भएको बताएका छन् ।
उनले भने,'ताजा जनादेशमा जानु प्रतिगमन होइन। जनतालाई दलहरूबारे मूल्याङ्कनको मौका दिनु र आवधिक निर्वाचन मार्फत् जनताले विश्वास गरेको दललाई सरकार चलाउन जनादेश प्राप्त हुनु लोकतन्त्रको विशेषता हो। निर्वाचनमा जानुलाई प्रतिगमन भन्नु सारमा जनताको सार्वभौमसत्तालाई अस्वीकार गर्नु हो।'
आफ्नै पार्टी भित्रका नेताहरुले संसदीय मर्यादा उल्लंघन गरेको बताउँदै ओलीले सीमित व्यक्तिको कारण प्रतिनिधिसभा विघटनको अवस्था आएको धारणा राखे ।
प्रधानमन्त्री ओलीले पहिलो पटक प्रतिनिधिसभा विघटनालाई अझै सही ठहर गर्दै ओलीले प्रतिनिधि पुन: स्थापनापछिको ३ महिनामा आफूले निकै काम गर्ने प्रयास गरेको दावी गरे ।
राजनीतिक स्थायित्व सुनिश्चित गर्ने, लोकतन्त्रलाई सुदृढ गर्ने र सम्पूर्ण ऊर्जा सामाजिक–आर्थिक रुपान्तरण र समृद्धिका लागि एकाग्र रूपमा केन्द्रित गर्ने प्रयासमा पटकपटक अवरोध सिर्जना भएको उनले गुनासो गरे । प्रधानमन्त्री ओलीले अहिलेको मुख्य चिन्ता अलोकतान्त्रिक, नैतिकमूल्यहीन र विकृत अभ्यास झाँगिदै गएर लोकतान्त्रिक गणतन्त्रप्रतिको जनविश्वास नै गुम्ला कि भन्ने नै रहेको तर्क गरे । उनले निर्वाचनका बारेमा कुनै आंशका पैदा भए सबै दलहरू सरकारमा सहभागी बन्न आह्वान पनि गरे ।
प्रकाशित मिति: शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय